श्रीमानसंगै सुतेकी महिलाको शव होटल छेउमै भेटियो

विजय साह

जनकपुर
File photo
File photo

जनकपुरको रामानन्द चोकस्थित खानेपानी संस्थान परिसरमा एक महिलाको शव फेला परेको छ।

म्याग्दीको तत्कालीन बिम गाविसकी ३० वर्षीया सृजना सुनार सिर्पाली शव फेला परेको हो। प्रहरीका अनुसार उनी श्रीमान विश्वास सिर्पालीसँग सर्लाही होटेल एण्ड गेष्ट हाउसमा बसेकी थिइन्।

उनले होटलबाट हामफालेर आत्महत्या गरेको वा श्रीमानले खसाएर मारेको भन्ने विषयमा भने केहि खुल्न सकेका छैन।

श्रीमानसँगै उनी स्कुटीको लाइसेन्स बनाउन जनकपुर आएकी थिइन्। राति गफगाफ गरेर सुतेको र बिहान उठेपछि श्रीमतीलाई कतै नदेख्दा खोज्न थालेको श्रीमानले बताएका छन्। उनले प्रहरीसमक्ष होटलकै छेउमा हामफालेर आत्महत्या गरेको हुन सक्ने बयान दिएका छन्। 

उनले आफु ११ दिन पहिलेमात्र विदेशबाट आएको पनि बताए। घटनाबारे थप अनुसन्धान चलिरहेको र श्रीमानलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: : 2021-03-24 19:39:00

प्रतिकृया दिनुहोस्