शेयरबजार : नेप्से र कारोवार दुवै वृद्धि 

फाइल तस्वीर
फाइल तस्वीर

शेयर परिसूचक (नेप्से) बुधवार दोहोरो अंकले बढेको छ। नेप्सेको वृद्धिलाई कारोबार रकम र 'भोल्युम'ले पनि साथ दिएको छ।

केहि दिनदेखि ५ अर्बको हाराहारीमा रहेको कारोबार रकम बुधबार साढे ६ अर्ब माथि पुगेको छ।

नेप्से सूचक ४१.३६ अंकले बढेर २५७०.३१ विन्दुमा पुगेको छ भने सेन्सेटिभ सूचक पनि ७.०६ अंकले बढेर ४५५.९५ विन्दुमा पुगेको छ।

बुधबार २०८ वटा कम्पनीको १ करोड ६९ लाख ३४ हजार ८९३ कित्ता शेयर ६ अर्ब ६७ करोड ४४ लाख २३ हजार ९४१ रुपैयाँमा खरिद बिक्री भएको छ।

कारोबारमा आएका १३ उपसमूहमध्ये हाइड्रोपावर उपसमूहबाहेक १२ उपसमूहको सूचक हरियो देखिएको छ। व्यापार उपसमूहको सूचक सबैभन्दा धेरै ९.४ प्रतिशतले बढेको छ।

साल्ट ट्रेडिङ र्कोरेशनको शेयरमूल्य बुधवार सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने जलविद्युत लगानी तथा विकास कम्पनीको ९.९७ प्रतिशत, चन्द्रागिरी हिल्सको ९.९५ प्रतिशत, आरएसडिसि लघुवित्तको ९.९४ प्रतिशत, माउन्टेन हाइड्रोको ९.९२ प्रतिशत र कालिका पावर कम्पनीको ९.७६ प्रतिशतले बढेको छ।

उता रैराङ हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ३.६० प्रतिशतले घटेको छ भने उपर तामाकोशिको ३.२६ प्रतिशत, साञ्जेन जलविद्युतको ३.२१ प्रतिशत, खानीखोला हाइड्रोपावरको २.३४ प्रतिशत, जोशी हाइड्रोको २.२९ प्रतिशत र आँखु खोला हाइड्रोको १.९६ प्रतिशत घटेको छ।

नेपाल इन्फ्रस्ट्रक्चर बैंकको सबैभन्दा धेरै ६५ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने अपर तामाकोशीको ४१ करोड ५७ लाख, नेपाल बंगलादेश बैंकको ३४ करोड ५८ लाख, जलविद्युत लगानी ता विकास कम्पनीको २५ करोड १७ लाख र अपि पावरको १७ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

यस दिन कारोबारमा आएका १४६ कम्पनीको शेयरमूल्य बढेको छ भने २१ कम्पनीको शेयरमूल्य घटेको छ। त्यस्तै, ११ कम्पनीको शेयरमा कुनै परिवर्तन भएन।

प्रकाशित मिति: : 2021-03-24 16:19:00

प्रतिकृया दिनुहोस्