चलचित्र 'द व्हाइट टाइगर' २०२१ को बाफ्टा र ओस्कार अर्वाडको लागि मनोनयनमा परेपछि यतिबेला बलिउड नायिका प्रियंका चोपडाको चर्चा विश्वभर चुलिएको छ।
प्रियंकाको नाम बलिउडमा एक सफल अभिनेत्रीको रुपमा स्थापित भईसकेको छ। पछिल्लो समयको उनले गरेका केही हलिउड चलचित्रहरुले झन उनको प्रशंसा बढाएको छ।
हालै उनले एक अन्तर्वार्तामा मानिस कसरी सफल बन्ने बारे आफ्नो अभिव्यक्ति राखेकी छन्। उनी भन्छिन् -
१. आँट र साहस गर्नुहोस्ः
यदि तपाईं जीवनमा अगाडी बढ्न चाहनुहुन्छ भने, जोखिम लिन डराउनु हुँदैन। सकारात्मक हुनुहोस्। नयाँ चीजहरू खोजिरहनुहोस्। प्रत्येक पटक नयाँ काम आँट्नुहोस्। साहस गर्नुहोस्।
२. सबैलाई खुशी बनाउने प्रयास नगर्नुहोस्ः
हामीले लाखौँ कोशिश गरेपनि सबैलाई खुशी बनाउन सक्दैनौ। कोही मानिसहरु रिसाउछन्। रिसाउनेहरुलाई रिसाउन दिनुहोस्। तिनीहरूले तपाईंलाई तीतो कुरा गर्नेछन्। तर मतलब नगर्नुहोस्। हल्ला र प्रचारबाजीमा विश्वास नगर्नुहोस्।
३. अफ्नो धरातल नबिर्सनुहोस्ः
लामो प्रयासपछि जब हामी सफल हुन्छौं, तब धेरैले आफ्नो धरातल बिर्सने गरेका छन्। जुन एकदम नराम्रो हो। त्यसो गर्नु हुँदैन। आफ्नो माटो, आफ्नो संस्कृति कहिल्यै नबिर्सनुहोस्। तपाईको धरातल तपाईको पहिचान हो।
४. आफैलाई चुनौती दिनुहोस्ः
यदि तपाई जीवनमा सफल हुन चाहानुहुन्छ भने हरेक दिन आफैलाई चुनौती दिनुहोस्। तपाईं आफैंलाई मानसिक र शारीरिक रूपमा प्रखर राख्नुहो। जसले तपाईंको आत्मविश्वास बढाउछ र तपाईं निडरपनि हुनुहुनेछ।
५. ध्यान केन्द्रित गर्नुहोस्ः
जीवनमा सफल हुन चाहानुहुन्छ भने आफ्नो लक्ष्यमा केन्द्रित हुनुपर्छ। सफल बन्न समयलाई प्रवाह गर्नुहुदैन। केवल आफ्नो लक्ष्यको ध्याँन हुनुपर्छ।