आँखामा भ्रम पैदा गर्ने पेन्टिङ

बाह्रखरी

काठमाडौँ

बबरमहलस्थित आर्ट काउन्सिलको भुईं तलाको प्रत्येक कोठामा रंगीबिरंगी ठूल्ठूला क्यानभासहरु सजिएका छन्।

दुई जोर आँखा भएको बुद्धको पेन्टिङ छ। यो हेरेर जो कोही भ्रममा पर्न सक्छन्। किनभने, ‘द इलुजन एन्ड रियालिटी’ शीर्षकमा नैना शाक्यले कोरेको यो पेन्टिङले अवलोकनकर्ताको आँखामा भ्रम पैदा गर्छ।

कारण, यसमा गौतमबुद्धको अनुहारको आँखा, आँखीभौँ, ओठ, नाक ‘डबल’ छ । झ्ट्ट हेर्दा बुद्धको आँखा दुईवटा हो कि चारवटाजस्तो लाग्छ। सम्भवतः अवलोकनकर्तामा यस्तो इलुजन पैदा गर्न सक्नु नै यो पेन्टिङ र यसका सर्जकको सफलता हो।

प्रकाशित मिति: : 2021-03-24 08:16:00

प्रतिकृया दिनुहोस्