(११ चैत : लकडाउनको स्मृति) : भारतमा संक्रमण उच्च, सीमामा सतर्कता न्यून

भारतमा कोरोना संक्रमणको दोस्रो लहर फैलिएकाले नेपाल फेरि झस्किएको छ । भारतमा महाराष्ट्र, गुजरात, राजस्थान, पन्जाब र केरलामा संक्रमण उच्च गतिमा बढेको छ। दिल्ली सरकारले होलीका कार्यक्रममा प्रतिबन्ध लगाएको छ भने राजस्थानमा रात्रिकालीन कफ्र्यु लागू गरिएको छ। 

भारतमा मंगलबार मात्रै ४७ हजार ३९ नयाँ संक्रमित भेटिएका छन्। यो साढे चार महिनायताकै उच्च हो। सोमबार यो संख्या ४० हजार र आइतबार ४७ हजार नौ थियो। यसरी पछिल्ला दिनमा कोरोना संक्रमण उच्च भएको छ। जब कि जनवरी, फेब्रुअरीमा यो संख्या १० हजारभन्दा तल झरेको थियो।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट दुई सय ७५ जनाको मृत्यु भएको छ। मृत्यु पनि तीन महिनाकै उच्च हो। सोमबार एक सय ९७ र आइतबार दुई सय १३ जनाको मृत्यु भएको थियो। मृतकको संख्या पनि विगत महिनामा सयभन्दा तल झरेको थियो। 

प्रकाशित मिति: : 2021-03-24 05:46:00

प्रतिकृया दिनुहोस्