'अब फलानो गुट भन्ने हिसाबले एमाले चल्न सक्दैन'

हिमाल खबर

काठमाडौँ

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एउटै पार्टीमा हुँदा अल्पमतमा रहेका पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली २३ फागुनको सर्वोच्च अदालतको फैसलापछि एमालेको बहुमत प्राप्त अध्यक्ष बनेका छन्। अदालतको फैसलाले पार्टी ब्युँतिएपछि ओलीको अध्यक्षतामा ७ चैतमा बसेको केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र नेता सुरेन्द्र पाण्डेसँग स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। 

केन्द्रीय कमिटीले निर्णय गरेको तेस्रो दिन पार्टी महासचिव ईश्वर पोखरेलको हस्ताक्षरसहितको पत्र चारै नेताका घरमा पुगिसकेको छ। के यो कारबाही प्रक्रियाको शुरुआत हो ? एमालेभित्रको विवाद र समाधानका उपायबारे प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार तथा प्रधानमन्त्री ओली निकट मानिने नेता राजन भट्टराईसँग हिमालखबरका सन्त गाहा मगरले गरेको संवाद:

वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेतालाई सोमबार स्पष्टीकरण पत्र पठाइएको छ। उहाँहरूलाई स्पष्टीकरण नसोधी नहुने कारण के पर्‍यो ?
एमाले र माओवादी केन्द्र एकीकरण भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेपछि सुदृढ र अनुशासित पार्टी बनेर अघि बढ्छ भन्ने कार्यकर्ता र जनसाधारणको अपेक्षा थियो। तर, त्यस्तो हुन सकेन। गुटबन्दी भयो र त्यो गुटबन्दी अन्ततः पार्टी विग्रहको अवस्थामा परिणत भयो।
 

प्रकाशित मिति: : 2021-03-23 14:42:00

प्रतिकृया दिनुहोस्