अमेरिकामा बन्दुकधारीको आक्रमणमा प्रहरीसहित १० जनाको मृत्यु

बिएल संवाददाता

वासिङ्टन डीसी
Photo : Wkow
Photo : Wkow

अमेरिकाको कोलोराडोस्थित बोल्डर शहरमा भएको आक्रमणमा प्रहरीसहित १० जनाको मृत्यु भएको छ।

स्थानीय समयअनुसार बेलुकी ३ बजे टेबल मेसाको किराना सुपरमार्केटमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएका हुन्। प्रहरीले एक आरोपितलाई पक्राउ समेत गरेको छ। आक्रमणबारे प्रारम्भीक अनुसन्धान थालिएपनि कारण भने पत्ता लागिसकेको छैन।

पत्रकार ब्रिफिङमा बोल्डर प्रहरी अधिकारी केरी यामाकुशीले आफ्ना प्रहरी जवानहरुको प्रशंसा गर्दै गर्दै हुनसक्ने ठूलो हिंसाबाट जोगिन सकेको बताएका छन्।

स्थानीय मिडियाका अनुसार मृकतको संख्या १० जना भनिएपनि एकिन संख्या आउन अझै बाँकी छ। 

प्रकाशित मिति: : 2021-03-23 09:05:00

प्रतिकृया दिनुहोस्