दीपकले सम्झिए बाल्यकालः ‘हत्या मैले गरेको होइन, फसाइएको हो’

बेपत्ता भएको ४० वर्षपछि दीपक जोशी (दुर्गाप्रसाद तिम्सिना) माई नगरपालिका–१०, लुम्बाकस्थित घर फर्किएर ८६ वर्षीया आमा धनमायालाई भेटे। आमालाई भेटेपछि उनले कोलकाताबाट ल्याएको मिठाई कोसेली आमालाई खुवाउन मानेनन् र आमाले दिएको मिठाई पनि हत्तपत्त खाएनन्। भेट्नेबित्तिकै आमासँग बोलेनन् र कुनै पनि प्रसंगमा प्रतिक्रिया जनाएनन्।  

तर, साँझदेखि उनी अलि खुले। घरमै रहेका दीपकका भतिजा गोपाल शर्मा तिम्सिनाका अनुसार दिउँसो नबोलेका दीपक साँझदेखि केही बोलचाल गर्न थाले। राति दीपकले आमासँग आफूले पहिला घर छाड्नुअघिको स्मरण गरे।

‘घर–परिवारलाई खान–लाउन धौधौ हुने भएपछि मैले घर छाडेको हुँ। लाहुेर हुन घर छाडेको थिएँ,’ दीपकले बोलेका कुरा गोपालले सुनाए, ‘घरबाट हिँडेपछि झापाको शनिश्चरे, विराटनगर, सिलिगुडी, असम हुँदै दार्जिलिङ पुग्नुभएकोरहेछ।’ दार्जिलिङमा रहँदा आफूले चिया बगान र होटलमा काम गरेको दीपकले सुनाए।

प्रकाशित मिति: : 2021-03-23 08:57:00

प्रतिकृया दिनुहोस्