दुर्गाप्रसादको अर्को दु:ख : घरमा चारवटा चुल्हा छन्, सबै जसो बिरामी

‘होइन, यति लामो समय जेल बसेका अरु कोही मान्छे पनि होलान्?’

माई नगरपालिका- ३, लुम्बाकमा दुर्गाप्रसाद तिम्सिनाको भुईँघर अगाडि उभिएर छिमेकी खगेन्द्र घिमिरेले सोधे।

आफन्तसमेत रहेका राम सञ्जेलले जवाफ फर्काए, ‘गिनिज बुकमा त ३६ वर्ष जेल बसेको मान्छेको नाम रैछ, उहाँको त गिनिज बुकमै ‘ट्राई’ गर्नुपर्छ कि क्या हो !’ आफना कान्छा नाती गोपाललाई त्यसबारे बुझ्न लगाएको उनले बताए।

२७ वर्षसम्म जेल बसेको प्रशस्त उदाहरण इन्टरनेटमा भेटेको सुनाउँदै दक्षिण अफ्रिकी नेता नेल्सन मण्डेला धेरै जेल बस्नेमध्येमा रहेको उनले बताए। छिमेकीहरु उनको कुरा चाख मानेर सुनिरहेका थिए।

लुम्बाकको घिमिरे गोलाइ पछाडि रहेको भुईँघरमा आइतबार दिनभर गाउँभरका मानिसहरुको आउजाउ भइरहेको थियो, उनीहरु एक अर्कामा अनेक खाले प्रश्न तेर्स्याइरहेका थिए।

प्रकाशित मिति: : 2021-03-22 12:09:00

प्रतिकृया दिनुहोस्