अभियुक्तका बुवाले घटनामा संलग्न भन्दै पोलेका सरकारी कर्मचारी को हुन् ?

रातोपाटी

काठमाडौँ

बैतडीको दोगडाकेदार गाउँपालिका-७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार र हत्यामा अभियुक्तका बुवाले विवादास्पद बयान दिएका छन्।

आइतबार कञ्चनपुरको महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै अभियुक्त दिनेश भट्टका बुवाले छोरालाई जबरजस्ती हत्या स्वीकार गर्न लगाइएको र आफ्नो छोरा निर्दोष भएको बताएका हुन्।

दिनेशका बुवाले आफ्नो छोरा निर्दोष भएको मात्रै दाबी गरेका छैनन्, घटनामा स्थानीय वडा नम्बर-७ मै काम गर्ने वडाका कर्मचारीको संलग्नता रहेको विवादास्पद बयान समेत दिएका छन्। आइतबार अपरान्ह उनले पत्रकार सम्मेलन गर्दै आफ्नो छोरालाई स्थानीय वडाका कर्मचारीले धम्की दिएर हत्या स्वीकार गर्न लगाएको विवादास्पद बयान दिएका हुन्।

प्रकाशित मिति: : 2021-03-22 10:31:00

प्रतिकृया दिनुहोस्