गाँजा खाएको आरोपमा ह्वाइटहाउसद्वारा पाँच कर्मचारी बर्खास्त

बिएल संवाददाता

वासिङ्टन डीसी
photo : trolleytours
गाँजालाइ संघीय सरकारले प्रतिबन्ध लगाएपनि वासिंगटन डिसी सहित १५ राज्यमा मनोरञ्जन लागि गाँजा सेवन गर्न छुट छ। गाँजाको उपयोगको विषय अमेरिकी राष्ट्रपति चुनावमा अध्यागमन पछि सधैँ उठ्ने विषय हो। 

गाँजा  खाएको आरोपमा  ह्वाइटहाउसका पाँच कर्मचारी बर्खास्त भएका छन्।

गाँजालाइ संघीय सरकारले प्रतिबन्ध लगाएपनि वासिंगटन डिसी सहित १५ राज्यमा मनोरञ्जन लागि गाँजा सेवन गर्न छुट छ। गाँजाको उपयोगको विषय अमेरिकी राष्ट्रपति चुनावमा अध्यागमन पछि सधैँ उठ्ने विषय हो। 

ह्वाइटहाउसकी प्रेस  सेक्रेटरी जेन साकीले भने  कर्मचारीहरुलाई कामबाट निकाल्नु गाँजा सेवन मात्र नभएको बताएकी छिन्। 'मनोरञ्जनको लागि गाँजा सेवन गर्ने अरु कर्मचारी अहिलेपनि कार्यरत छन्, तर त्यी निकालिएका कर्मचारी हरु अन्य बिषयमा पनि दोषी रहेका छन्',  उनले भनेकी छन्। 

यसैबीच बाइडन प्रशासनले सुरक्षासँग सम्बन्धित सयौं कर्मचारीहरुको कामको समिक्षा गरेको छ। समिक्षाबाट राम्रो काम नगर्ने कर्मचारीलाई कामबाट निकाल्ने बताइएको छ। 

प्रकाशित मिति: : 2021-03-22 08:56:00

प्रतिकृया दिनुहोस्