उत्पादन अनुमति नलिई उत्पादन गर्ने उद्योग बन्द

खाद्य अनुज्ञापत्र नलिई उत्पादन गर्ने तनहुँको व्यास नगरपालिका-२ मालेबगरमा सञ्चालित एक उद्योग बन्द गराइएको छ।

जिल्ला प्रशासन कार्यालय तनहुँले आइतबार गरेको अनुगमनका क्रममा अनुज्ञापत्र नलिई विभिन्न सामग्री उत्पादन गर्ने न्यु झलक दालमोठ उद्योग बन्द गराइएको हो। 

उद्योगले दालमोठ, सिन्थेटिक ड्रिङ्क र अन्य उत्पादकको मिठाई आफैँले प्याक गरेको भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए।

अनुज्ञापत्र लिएर कानूनी प्रक्रिया पूरा गरेर मात्रै उद्योग खोल्न व्यवसायीलाई निर्देशन दिइएको छ। उक्त उद्योगमा सामान खरिदको बिलसमेत भेटिएको छैन।

अनुगमनका क्रममा बरामद भएका तेल, घ्यू, मिठाई लगायतका अखाद्य वस्तु नष्ट गरिएको छ। 

प्रकाशित मिति: : 2021-03-22 06:32:00

प्रतिकृया दिनुहोस्