भारत र अमेरिकाबीच सैन्य सम्झौता

फाइल तस्वीर
फाइल तस्वीर

भारतीय रक्षामन्त्री राजनाथ सिंह र अमेरिकी समकक्षी लायड जेम्स आस्टिनबीच शनिबार दुईपक्षीय रणनीति साझेदारी भेटवार्ता भएको छ।

हिन्द–प्रशान्त क्षेत्रमा सम्बन्ध विस्तार गर्न र आतंकवादी चुनौतीलाई कमजोर बनाउन चर्चा भएको बताइएको छ।

अमेरिकी रक्षामन्त्री आस्टिन रणनैतिक वार्ताका लागि जारी विदेश दौरानको क्रममा भारत आइपुगेका हुन्।

भारतीय सहयोग मार्फत एसिया क्षेत्रमा अमेरिकी प्रभाव विस्तार गर्न राष्ट्रपति जो बाइडेनको सन्देश प्रवाहका लागि भारत आएको विज्ञहरू बताउँछन्।

भेटवार्तापछि भारतीय रक्षामन्त्री सिंह र अमेरिकी रक्षामन्त्री आस्टिनले संयुक्त प्रेस विज्ञप्ति समेत सार्वजनिक गरेका छन्।

अमेरिकी रक्षामन्त्री आस्टिनसँग भारत–अमेरिका सैन्य सम्झौतका लागि सार्थक चर्चा भएको बताएका छन्।

उनीहरूले दुई देशका सेनाबीच सूचना साझा गर्ने, स–सम्मान सम्बन्ध स्थापित गर्ने र आपसी सहयोग गर्ने विषयमा कुराकानी भएको बताइएको छ। अमेरिकी राष्ट्रपतिमा बाइडेन निर्वाचित भएपछि रक्षामन्त्री आस्टिनको यो पहिलो भारत भ्रमण हो।

भारत–अमेरिका सम्बन्धमा २१ औं सताब्दीको उत्कृष्ट र बलियो साझेदारी बन्ने प्रतिबद्धता गरेको संयुक्त बयानपछि रक्षामन्त्री सिंहले जनकारी दिए।

अमेरिकासँग एलईएमओए, सीओएमसीएएसए र बीईसीए जस्ता दुईपक्षीय रक्षा सम्झौताको लागू गर्ने विषमा भेटवार्ता केन्द्रीत भएको बताइएको छ।

प्रकाशित मिति: : 2021-03-21 14:45:00

प्रतिकृया दिनुहोस्