गोसाईंकुण्ड : हिउँमुनि महादेव

अनलाइनखबर

काठमाडौँ

माघ २३ को शुक्रबार । काठमाडौं बस्ने दुईजना भाइलाई समयले नुवाकोटको मेरो डेरासम्म लिएर आयो । चल्तीको विधिअनुसार शुक्रबारको साँझ ढल्दै थियो,‘गोसाईंकुण्ड जाउँ’ उनीहरुमध्ये कसैले प्रस्ताव राख्यो । रातको ११ बजे दुई मोटरसाइकलमा तीनजना मान्छे धुन्चेको यात्राको लागि निस्किए ।  पछिपछि  उस्तैगरी दौडियो मोटरसाइकलको अग्लो छाँया।

गोसाईंकुण्ड जान यहाँबाट तीन रुट समात्न सकिन्छ । पहिलो रुटमा जाने हो भने रसुवा सदरमुकाम धुन्चे पुगेपछि बसले तपाईँलाई ‘मेरो सेवा सकियो’ भन्छ । त्यसपछि जुत्ताको तुना र हातको लट्ठी जाँच गरेपछि तपाईंको पैदल यात्रा सुरु हुन्छ ।  यो रुटमा ८ ठाउँमा होटेल–बस्ती भेटिन्छन । 

यो रुटमा एक घन्टा हिँडेपछि घट्टेखोला पुगिन्छ । त्यहाँबाट २३ सय मिटर अगाडि करिब डेढ घन्टा हिँडेपछि खेंदी, खेंदीबाट २६ सय मिटर पार गरेपछि एक घन्टामा देउराली टेकिन्छ । 

त्यहाँबाट ३१ सय सात मिटर हिँडेपछि चन्दनबारी पुगिन्छ । चोलाङपाटी पुग्न फेरि डेढ घन्टाको यात्रा तय गर्नुपर्छ । त्यसपछि सुरु हुने उकालो नाघेर लौरीविना पुग्न करिब ३ घन्टा पैदल हिँड्नुपर्छ । उकालो सकिने वित्तिकै डाँडामा बुद्ध मन्दिर देखिन्छ । त्यहाँदेखि डेढ घन्टा पार गर्ने हो भने पुगिन्छ गोसाईंकुण्ड ।

प्रकाशित मिति: : 2021-03-21 10:33:00

प्रतिकृया दिनुहोस्