कोरोना खोपमा कमिसनको गोलचक्कर : एजेन्टको चलखेलले समयमै नआउने भयो खोप

दोस्रो डोज लगाउन नपाए के हुन्छ स्वास्थ्य अवस्था ?

रातोपाटी

काठमाडौं
Breaknlinks
Breaknlinks

गएको माघ १४ गतेदेखि सरकारले नेपालमा कोरोनाविरुद्धको खोपको अभियान सुरु गर्यो।

पहिलो चरणमा स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, सरसफाइकर्मी लगायत फ्रन्टलाइनमा खटिनेहरुका लागि कोरोनाविरुद्धको कोभिशिल्ड खोप अभियान सुरु गरेको थियो। र, पहिलो चरणमा ४ लाख ३८ हजार ८ सय ७९ जनालाई यो खोप लगाइयो।

त्यसपछि पनि पटकपटक गरी हालसम्म करिब १६ लाख जनसङ्ख्याले कोभिशिल्ड खोप लगाइसकिएको छ।

कोरोनाविरुद्धको खोप दुईपटक लगाउनुपर्छ। पहिलोपटक खोप लगाएको ८ देखि १२ साताभित्र अर्को खोप लगाउनुपर्ने हुन्छ।

यसको अर्थ पहिलो चरणमा खोप लगाएका हरुले वैशाखको दोस्रो साताभित्रै दोस्रो चरणको खोप लगाउनुपर्ने हुन्छ।

यदि सरकारले आफ्नो योजना अनुसार चैत ३ गतेभित्रै ६५ वर्षमाथिका १६ लाख जनसङ्ख्यामा खोप लगाउन सकेको हुन्थ्यो भने सरकारसँग करिब २ लाख डोज मात्रै खोप बाँकी रहन्थ्यो।

तर सरकारको योजनामा परेकामध्ये करिब ११ लाख ५० हजार जतिले मात्रै खोप लगाए। जसका कारण सरकारसँग अब जम्मा ७ लाख डोज जति खोप बाँकी छ।

प्रकाशित मिति: : 2021-03-19 11:13:00

प्रतिकृया दिनुहोस्