अर्मेनियामा अग्रिम निर्वाचन घोषणा

The Indian Express
The Indian Express

अर्मेनियाका प्रधानमन्त्री निकोलस पशिन्यानले अग्रिम निर्वाचन घोषणा गरेका छन्। 

नयाँ संसद गठनका लागि उनले आगामी जुनमा हुनेगरी बिहीबार अग्रिम निर्वाचन घोषणा गरेको अधिकारीहरूले जनाएका छन्।

देशमा राजनीतिक संकट गहिरिदै गएपछि उनले राजनीतिक निकासका लागि भन्दै संसदको कार्यकाल बाँकी रहदाँ रहँदै निर्वाचनको घोषणा गरेका हुन्।   

प्रधानमन्त्री पशिन्यानलाई तत्काल राजीनामा दिन विपक्षीहरूले लामो समयदेखि चर्को दवाव दिँदै आएका थिए। राजीनामा दिनुको सट्टामा उनले निर्वाचन घोषणा गरेका हुन्। 

उनले आगामी जुन २० तारिखका दिन निर्वाचन गर्नेगरी तयारी सुरु गरिसकिएको पनि जानकारी दिएका छन्। त्यसका लागि तयारी अवस्थामा रहन र सहभागी हुन पनि उहाँले सवैलाई आह्वान गरेका हुन्। 

अजरबैजानसँग नागोर्नो—काराबाखमा युद्ध भएपछि अजरबैजानमा राजनीतिक विवाद सुरु भएको हो। सोही विवाद बढ्दै गएपछि अहिले अग्रिम निर्वाचन घोषणासम्मको अवस्था सिर्जना भएको हो। 

प्रधानमन्त्रीविरुद्ध आन्दोलनरत विपक्षीहरुले सरकारी कार्यालयहरु बन्द गराउने, सडक अवरोध गर्नेलगायतका आन्दोलनका कार्यक्रम गर्दै आएका थिए।

नागोर्नो—काराबाखमा भएको भिडन्तका क्रममा छ हजारभन्दा बढी मानिस मारिएका छन्। अर्मेनिया र अजरबैजानबीचको भौगलिक विवादलाई विश्वकै पुरानो र लामो विवाद मानिन्छ। त्यस क्षेत्रमा सन् १९८० को अन्त्यदेखि दुई पक्षबीचको लडाइ सुरु भएको हो। 

विवाद भएको क्षेत्र अन्तर्राष्ट्रिय रूपमा अजरबैजानको हिस्सा भनेर मान्यता दिइएको क्षेत्र हो । तर त्यहाँ अर्मेनियाली जातीय पृथकतावादी समूहले कब्जा गरेका छन्। सन् १९९० दशकको सुरुवातमा उक्त क्षेत्र विभाजित हुँदा त्यहाँ भएको लडाइमा दशौँ हजार मानिसहरू मारिएका थिए।

प्रकाशित मिति: : 2021-03-18 21:11:00

प्रतिकृया दिनुहोस्