प्रतिगमनकारी भइसकेका ओलीसँग लगनगाँठो कसिन सक्दैन : उपेन्द्र यादव [अन्तर्वार्ता]

आयोमेल

काठमाडाैं

धैर्यकान्त दत्त

प्रतिनिधिसभा विघटन भएयता नयाँ सरकार गठनको कसरत सुरू भयो। त्यतिबेला सत्ताको केन्द्रमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस देखिए पनि सर्वोच्च अदालतको पछिल्लो फैसलापछि सरकार गठनका लागि जनता समाजवादी पार्टी (जसपा) निर्णायक भूमिकामा आइपुगेको छ।

तर, जसपा हालसम्म अनिर्णित छ। सरकार गठनलगायतका विषयमा निर्णयमा पुग्न विहीबार बोलाइएको जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक अन्तिम समयमा आएर स्थगित भयो।

सत्ता सहकार्यबारे जसपाले बनाइरहेको रणनीति लगायतका विषयमा अध्यक्ष उपेन्द्र यादवसँग गरिएको कुराकानीः

केन्द्रीय कार्यकारिणी समितिको बैठक अन्तिम समयमा किन स्थगित भयो?
अझै गृहकार्य गर्न बाँकी छ। र, परिस्थितिमा पनि अलि स्पष्टता हुनसकेको छैन। थप तयारी गरेर केही दिनपछि बैठक बस्नु पर्ने महसुस भएको छ। परिस्थितिलाई मूल्यांकन गरेर जाउँ भन्ने साथीहरूको विचार आयो। स्थिति परिपक्व बनिसकेको छैन। त्यसैले साथीहरूको विचारलाई ख्याल गरेर बैठक स्थगित भएको हो।

प्रकाशित मिति: : 2021-03-18 16:49:00

प्रतिकृया दिनुहोस्