चालु आवको ६ महिनामा लगानी कोषलाई ८.५४ प्रतिशत नाफा

File photo
File photo

नागरिक लगानी कोषले चालु आवको पुस मसान्तसम्म गत वर्ष सोही अवधिको तुलनामा ८.५४ प्रतिशत नाफा कमाएको छ।

आव २०७७/०७८ को सो अवधिमा ३२ करोड २५ लाख खुद नाफा कमाएको कोषले जनाएको छ। कोषले चालु आवको ६ महिनाको अवधिमा एक खर्ब ६३ अर्ब २१ करोड लगानी गरेको छ।

सोही अवधिमा कोषको खुद मौज्दात  एक खर्ब ६४ अर्ब ८८ करोड रहेको छ। सो अवधिमा कोषले मुद्दती निक्षेपमा एक खर्ब एक अर्ब ६६ करोड, नेपाल सरकारको ऋणपत्रमा एक अर्ब पाँच करोड, सङ्गठित संस्थाको शेयर/धितोत्रपमा १२ अर्ब ८३ करोड, सहभागी सापटी तथा आवास कर्जामा २७ अर्ब ९३ करोड र समयकालीन कर्जामा १९ अर्ब ७२ करोड लगानी गरेको छ। 

कोषको अधिकृत पूँजी रु आठ अर्ब, जारी पूँजी रु आठ अर्ब र चुक्त पूँजी तीन अर्ब रहेको छ। कोषमा सरकारको १०, नेपाल राष्ट्र बैंकको १३.३४, नेपाल स्टक एक्सचेन्जको १०, राष्ट्रिय बीमा संस्थानको ३१.५५, बैंक तथा वित्तीय संस्थाको १५.११ र सर्वसाधारणको २० प्रतिशत शेयर स्वामित्व रहेको छ। 

प्रकाशित मिति: : 2021-03-18 10:10:00

प्रतिकृया दिनुहोस्