महामारीका बीच हुन लागेको हिमाल आरोहणमा यो वर्ष नयाँ के छ ?

अनलाइनखबर

काठमाडाैं

४ चैत, काठमाडौं । सन् २०१९ मा सगरमाथा आरोहणका दौरान चुचुरो पुग्ने समयमा अधिक भिड लागेको फोटो संसारभर प्रचार भयो । सोही वर्ष सगरमाथामा १५ जनाको मृत्यु भयो । यो विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायत भ्रमणका दौरान बिबिसीमा स्पष्टिकरण नै दिनु पर्‍यो । सन् २०२० मा कोरोना महामारीका कारण हिमाल आरोहण बन्द भयो । सरकारले ११ चैत २०७६ देखि देशव्यापी लकडाउन सुरु भएपछि आरोहणका सबै योजना रद्द भए ।

सरकारले यो वर्ष शरद ऋतुदेखि भने आरोहण खुला गर्‍यो । बहराइनका राजकुमारदेखि कतारका राजकुमारसम्म नेपाल आएर उक्त ऋतुमा नेपालका हिमाल चढे । यसले नेपाल महामारीमा पनि सुरक्षित गन्तब्य हो भन्ने सन्देश प्रवाह गरेको सरकारी अधिकारहरुको निष्कर्ष छ । पर्यटन विभागकी निर्देशक मिरा आचार्यका अनुसार शरद ऋतुमा भएको आरोहण गतिविधिले वसन्त ऋतुका लागि हौसला थप्ने काम गरेको थियो । सोहीकारण जारी सिजनमा कम्तिमा ८ हजार मिटरभन्दा अग्ला सबैजसो हिमालमा आरोही आउने सम्भावना छ ।

महामारीका बीचमा हुन लागेको आरोहणलाई सकेसम्म कम जोखिमयुक्त बनाउने कोसिस यस पटक गरिएको उनी बताउँछिन् । ‘हामी पर्वतारोही र सहयोगीलाई सकेसम्म सहज वातावरण बनाउन कोसिस गरेका छौं,’ उनी भन्छिन्, ‘यो सिजनले समग्र पर्यटनलाई माथि उकास्न सकारात्मक भूमिका खेल्नेछ ।’ निर्देशक आचार्यका अनुसार यो सिजन सन् २०१९ को तुलनामा स्वास्थ्य सचेतनाका दृष्टिकोणबाट महत्वपूर्ण हुनेछ ।

प्रकाशित मिति: : 2021-03-18 08:57:00

प्रतिकृया दिनुहोस्