मेक्सिकोको सीमामा अमेरिका छिर्न खोज्ने बालक र किशोरहरुको भिड, नियन्त्रणमा लिईदै

बिएल संवाददाता

वासिङ्टन डीसी
Photo : USA Today
Photo : USA Today

अमेरिका र मेक्सिकोको सीमामा विभिन्न देशबाट अमेरिका छिर्न खोज्नेहरुको बाक्लो भिड रहेको पाईएको छ।

भिडमा अधिकाशं बालक तथा किशोरहरु रहेको बताईएको छ। हजारौँ संख्यामा रहेका उनीहरुले अमेरिका छिर्न मौका पर्खेर बसिरहेका छन्। अभिभावकबिनानै सिमामा भिड बनाईरहेका उनीहरुप्रति अमेरिकाको गृह प्रशासनले गम्भिरतापुर्वक ध्यानाकर्षण गरेको छ।

सिमामा भिड बनाईरहेका उनीहलाई कुनैपनि हालतमा अमेरिका प्रवेश गर्न नदिने अमेरिका का गृह सुरक्षा सचिव एलेजेण्ड्रो मायोरकासले बताएका छन्। उनका अनुसार भिडलाई नियन्त्रणमा लिने प्रयास भईरहेको छ। 

पूर्वराष्ट्रपति डोनाल्ड ट्र्म्पको कार्यकालमा प्रहरीको मद्दतले त्यस्ता भिडहरुलाई गैरकानूनी ढगंले अमेरिका भित्राईएकोसमेत पाईएको छ। 

उक्त कुराको खुलासा भएसँगै रिपब्लिकन पार्टीले राष्ट्रपति जो बाइडेनलाई सिमासम्बन्धीको नीतिलाइ तत्काल सुधार गर्न आग्रह गरेको छ। 

प्रकाशित मिति: : 2021-03-18 08:41:00

प्रतिकृया दिनुहोस्