बालुवाटारको बेमौसमी चियापान

बाह्रखरी

काठमाडौँ

न पर्व, न कुनै चाडपर्वको माहोल। नयाँ वर्ष आउन पनि २७ दिन बाँकी छ। तर, प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बालुवाटारको आँगनमा भव्य जलपानको आयोजना गरे। नेकपा (एमाले)का केन्द्रीय सदस्य, संघीय, प्रदेश सभाका सांसदहरू मात्र नभई स्थानीय जनप्रतिनिधिहरूलाई समेत निम्तालु बनाए।

फागुन २३ को फैसलापछि एमाले पूर्ववत् अवस्थामा फर्किएको थियो। माओवादीसँगको एकताअगाडिको स्वरूपमा।

तर, पार्टी अध्यक्ष रहेका केपी शर्मा ओलीले फागुन २८ गते महासचिवको नेतृत्वमा रहेको सचिवालय (महासचिव संयोजक, दुई उपमहासचिव र पाँच सचिव सदस्य रहेको संरचना) पदाधिकारी र स्थायी कमिटीसमेतसँग परामर्श नगरी केन्द्रीय कमिटीको दुईवटा बैठक राखे। र, ‘एकलौटी’ निर्णय गरे।

प्रकाशित मिति: : 2021-03-16 22:11:00

प्रतिकृया दिनुहोस्