प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्नि सापकोटाको द्वन्द्वले संसद 'बेकामे' बनेको छ।
एकमात्र बैठकबाट समेत पास हुन सक्ने विधेयकहरू सरकार र सभामुखको द्वन्द्वमा फसेको छ। २०७६ सालको जेठ ७ गते प्रतिनिधिसभामा पेश भएको बिरूवा संरक्षण ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिलाई पठाउन ठिक्क अवस्थामा छ।
विधेयक संसदीय समिति, राष्ट्रियसभा हुँदै पारित भएर प्रतिनिधिसभामा आइसकेको छ। प्रतिनिधिसभाले राष्ट्रियसभामा भएको संशोधन स्वीकार गरे उक्त विधेयक तत्काल कानून बन्न सक्छ।