सन्तोष बराइली
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा आयोजित चियापान समारोहमा निम्तो पाएर पनि नआएको माधव नेपाल समूहप्रति कटाक्ष गरेका छन्।
प्रधानमन्त्री ओलीले भोली नेपाल समूहले आयोजना गर्न लागेको भेलामा सरिक नहुन सबै नेता–कार्यकर्तालाई आग्रह गरेको चियापानमा सहभागी एमाले नवनियुक्त केन्द्रीय सदस्य टेकबहादुर कलम्पाकीले जानकारी दिएका छन्।
एमाले केन्द्रीय सदस्य तथा सांसदहरू सहभागी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, 'प्रधानमन्त्री र पार्टी अध्यक्षले निम्ता दिएको चियापानमा माधबजीहरू नआउने अनि कसका चियापानमा जाने! मैले यतिभनेपछि उहाँहरू कसको चियापानमा जानुहुन्छ तपाँईहरूले बुझिहाल्नु हुन्छ।'
एमाले पार्टीमा अराजकता र एकताविरोधी क्रियाकलाप गर्न कुनैपनि नेतालाई छुट नहुने भन्दै सचेत समेत गराएका छन्।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया