अमेरिकामा क्रिप्टो करेन्सी बिट क्वाइनको प्रयोगकर्ताहरु तीव्र रुपमा बढ्दै

बिएल संवाददाता

वासिङ्टन डीसी

अमेरिकामा लामो समयदेखि अनलाईनबाट मात्र खरिद बिक्री हुदै आएको क्रिप्टो करेन्सी अब सामान्य पसलहरुबाट पनि बिक्री हुने भएको छ। 

क्रिप्टो करेन्सी बिट क्वाइनको बढ्दो लोकप्रियताको कारण अमेरिकामा यसको एटीएम तिब्र रुपमा खुलिरहेका छन्। ग्यास स्टेसन (पेट्रोल पम्प) देखि सामान्य किराना पसल (कन्भिनेन्स स्टोर) सम्म यसको निकै उपयोग भएको पाईन्छ।

हाल एक भर्चुयल करेन्सीको मुल्य ५८ हजार डलर छ। हाल सम्म यसको एटीएम २८ हजार भन्दा बढि प्रयोगमा आईरहेका छन्। यो वर्षमात्रै थप १० हजार एटीएम खुल्न लागेको कियोस्क ऑपरेटर क्वाइनफिलिप ले जनाएको छ।

प्रकाशित मिति: : 2021-03-16 08:31:00

प्रतिकृया दिनुहोस्