इरानद्धारा अमेरिकालाई परमाणु सम्झौताको लागि तयार हुन आग्रह

बिएल संवाददाता

वासिङ्टन डीसी
Photo : Mei.edu
Photo : Mei.edu

इरानका विदेशमन्त्री  मोहम्मद जवाद जरीफले अमेरिकालाई परमाणु सम्झौता सम्बन्धी छलफल गर्न आग्रह गरेको छ।

ब्रसेल्समा भइरहेको 'युरोपियन पोलिसी सेन्टर'को थिकं ट्याङ्कहरुको अनलाइन सम्मेलनलाई सम्बोधन गर्दै उनले अमेरिकालाई ६ महिना भित्र सम्झौताको लागि तयार हुन आग्रह गरेका हुन्।

सन् २०१८ मा अमेरिकाले एकतर्फी रुपमा परमाणु सम्झौताबाट आफुलाई अलग राखेपछि उक्त बिषय अलमलमा परेको थियो। अमेरिकासँग परमाणु सम्झौता नहुदा इरानले आर्थिक नाकाबन्दी खेप्नुपर्ने सम्भावना बढेको छ। साथै इरानले युरेनियमको उपयोग गरेर परमाणु विकास गर्दा वर्षौ लाग्ने अनुमान गरिएको छ।

इरानले अमेरिकाबाट हुनसक्ने सम्भावित आक्रमणलाइ परास्त गर्न क्षेप्यास्त्र भण्डारण गर्ने भुमिगत भण्डारको समेत उद्घाटन गरिसकेको छ। 

प्रकाशित मिति: : 2021-03-16 07:27:00

प्रतिकृया दिनुहोस्