बीस वर्षअगाडि दिदी-बहिनी अरुणा लाकौल श्रेष्ठ र मुना श्रेष्ठलाई एउटै कुराको चिन्ता थियो, वातावरण प्रदूषण।
आफ्नो टोलमा जथाभावी फोहोर फ्यालेको देख्दा उनीहरूलाई भविष्यमा वातावरण कस्तो होला भन्ने डर मनमा बसिसकेको थियो।
यो समस्या समाधान गर्न वरिपरिका मानिसलाई सम्झाउन खोजे। कसैले वास्ता गरेनन्। सरकारले वातावरण संरक्षणका लागि कुनै नियम लागू गर्ला भन्ने आश पनि मरिसकेको थियो।
त्यसैले आफैं कदम चाल्नुपर्छ भनी अरुणा र मुनाले सुरू गरे, 'जमर्को'।