निजीलाई खोप खरिद अनुमतिः सरकारले ल्याउन नसकेको कि कमिसन ख्वाउने दाउ?

नेपाल खबर

काठमाडौं

भारतबाट कोरोनाविरुद्धको खोप आउनुलाई स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले आफ्नो ठूलो सफलताका रुपमा चर्चा गर्ने गरेका छन्।

उनी बारम्बार भन्ने गर्छन्, ‘खोप वस्तुमात्रै रहेन। यो राजनीतिक चिज पनि भएको छ। भारतबाट खोप ल्याउन कूटनीतिकसँगै व्यक्तिगत सम्बन्धले पनि काम गरेको छ।’

यसरी कूटनीतिक सम्बन्धका भरमा खोप ल्याइएको दाबी गरिरहेका स्वास्थ्यमन्त्रीले खोप खरिदमा अचानक निजी क्षेत्रलाई प्रवेश गराएका छन्।

कमिसनको लोभमा सरकारले निजी कम्पनी पोस्ने उदेश्यले यो कदम चालेको जानकारहरुको भनाइ छ। मन्त्रालयकै कर्मचारीहरुले सरकार खोप किन्न असफल भएपछि निजी कम्पनीतर्फ लागेको बताएका छन्।

औषधि व्यवस्था विभागले आइतबार सूचना जारी गर्दै खोप खरिद अनुमतिका लागि उत्पादक, कम्पनी, आधिकारिक आयातकर्ता वा उत्पादकले तोकेको आधिकारिक बिक्रेतालाई औषधि वा खोपको आपत्कालीन प्रयोगसम्बन्धी संहिता–२०७७ मा तोकिएका कागजातसहित ७ दिनभित्र आवेदन दिन भनेको छ।

प्रकाशित मिति: : 2021-03-15 17:50:00

प्रतिकृया दिनुहोस्