छोराहरूलाई विदेश पठाउने लोभमा अदालत र बैंकको चक्कर काटिरहेकी मैया

सेतोपाटी

काठमाडाैं

शोभा शर्मा

एकदिन बिहानै मैया श्रेष्ठ र उनका तीन छोरा मध्यबानेश्वरस्थित अनूप खनालको घर पुगे। उनीहरूलाई देखेर अनूपकी श्रीमती आत्तिइन्।

अनूपकी श्रीमतीले बस्नु पनि नभनी माया र छोराहरू घरभित्र पसे।

'अनूपजी खै,' मैयाले सोधिन्।

'मर्निङवाक जानुभएको छ। कतिखेर आउनुहुन्छ थाहा छैन,' अनूपकी श्रीमतीले भनिन्।

तर त्यहीँ भएका अनूपका साना छोराले फ्याट्टै भनिदिए, 'बुवा त दराजमा लुक्नुभएको छ।'

मैया र छोराहरूले चाबी मागे।

'चाबी पनि लिएर जानुभएको छ,' अनूपकी श्रीमतीले यति भन्न नपाउँदै उनका छोराले फेरि भने, 'हैन, हैन, चाबी पनि त्यहीँ छ।'

मैया र छोराहरूले दराज खोले। अनूप खनाल त्यहीँभित्र लुकिरहेका थिए।

प्रकाशित मिति: : 2021-03-15 10:56:00

प्रतिकृया दिनुहोस्