अमेरिकी रक्षामन्त्री अस्टिन भारत भ्रमण गर्दै, म्यान्मार सैन्य 'कू' बारे चर्चा हुने

बिएल संवाददाता

वासिङ्टन डीसी
File Photo
File Photo

अमेरिकी रक्षामन्त्री लयड अस्टिनले आगामी साता भारत भ्रमण गर्ने भएका छन्।

भ्रमणमा भारतीय समकक्षी राजनाथ सिंहसँग दुइ पक्षीय हितको विषयमा वार्ता हुने बताईएको छ। आगामी साता हुन लागेको दुई देशबीचकाे भेटवार्तालाई विश्वका अन्य देशहरुले अर्थपूर्ण रुपमा हेरेका छन्।

हिन्द प्रशान्त सुरक्षाका कार्यवाहक रक्षामन्त्री डेबिड एफ हलबीले समेत अमेरिकाको लागि भारत प्रमुख रणनीतिक साझेदार देश भएको बताएका छन्।

दुई देशको वार्तामा आपसी सम्बन्ध, उत्तर कोरियाको परमाणु मुद्दा र म्यान्मारमा हालै भएको सैन्य 'कू' को बारेमापनि छलफल हुने बताइएको छ।

अमेरिका र भारतको बढ्दो सम्बन्धले चीनलाई  कमजोर बनाउन सक्ने परराष्ट्रविद्हरुकाे अनुमान छ। 

प्रकाशित मिति: : 2021-03-14 07:14:00

प्रतिकृया दिनुहोस्