माइक्रोसफ्टका सीइओ नाडेलाको ट्वीट- 'कुनै पनि समाजमा घृणा र  हिंसाले स्थान पाउनु दुर्भाग्य हो' 

बिएल संवाददाता

वासिङ्टन डीसी

चर्चित कम्पनी माइक्रोसफ्टका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सत्य नाडेलाले अमेरिकी सांसदहरुले एसियाली अमेरिकीहरु माथी गरेको टिप्पणीप्रति आपत्ती जनाएका छन्।

उनले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै भनेका छन्, 'कुनै पनि सभ्य समाजमा घृणा, रङ्गभेद र हिंसाले स्थान पाउनु भनेको दुर्भाग्य हो।' 

नाडेलाले  पुर्वराष्ट्रपति डोनाल्ड ट्र्म्पको नीतिले यस्तो घटनाहरु बढेको आरोप लगाउदै एफ.बि.आइको तथ्यांक अनुसार सन् २०२० मा एसियाली अमेरिकनहरुप्रति ३ हजार भन्दा बढि दुर्व्यवहारको घटना भएको स्पष्ट पारेका छन्।

उनलले भनेका छन्,  'एसिएन अमेरिकन एण्ड प्यासाफिक आइलेण्डर्स (एपीआई) समुदायलाई पनि इज्जतसँग बाच्ने अधिकार छ।'

नाडेलासागै सांसद द्वय डोनाल्ड एम पायने र डिआन फिन्सटेनले सयुंक्त रुपमा एक विज्ञप्ति जारि गर्दै विभिन्न हिंसाका घटनाहरुको कडा निन्दा गरेका छन्। उनीहरुको विज्ञप्ति मा भनिएको छ, 'घृणा र हिंसाको अमेरिकामा कुनै स्थान छैन, यस्तो कार्य नरोकिए सरकारले कडा कदम चाल्ने छ'

केही समुदायहरुले कोरोना महामारीको जिम्मेवार एसियाली देशलाई आरोप लगाउदै गर्दा सांसद द्वयले भनेका छन्, 'कोरोना महामारीको जिम्मेवार कुनै व्यक्ति विशेष होइन।' 

प्रकाशित मिति: : 2021-03-14 06:27:00

प्रतिकृया दिनुहोस्