नेपालकै कान्छा कार्यकारी सेफ

सेतोपाटी

काठमाडौँ

लाजिम्पाटस्थित साइनी नरचोक बुटिक होटलका कार्यकारी सेफ हेभन खनाल सधैं सोच्थे- नेपालमा सेफ पेसालाई खासै महत्व दिइँदैन। खाना पकाउने भान्से भनिन्छ, उनीहरूको पाककलाको खास कदर हुँदैन।

आफ्नो पेसालाई मान्छेहरूले सम्मान नगरेको देख्दा कहिलेकाहीँ दिक्क पनि लाग्थ्यो। 

'हामीकहाँ सेफ पेसालाई खासै इज्जत दिने चलन छैन। नराम्रो तरिकाले खाना पकाउने भान्से भनेर सम्बोधन गरिन्छ,' उनले भने।

तर अचेल उनलाई यो सब वास्ता लाग्दैन। आफूलाई भान्से भन्दा खिस्रिक्क पनि हुँदैनन्। सेफ हुनुमा गर्व गर्छन्। 

 

प्रकाशित मिति: : 2021-03-14 06:08:00

प्रतिकृया दिनुहोस्