सदरखोरमा रेशमलाई जसपाको सन्देश-हम लगे हुए हैँ

आयोमेल

काठमाडौँ

शुक्रबार बिहानै सदरखोरबाट रेशम चौधरीले राजेन्द्र महतोलाई फोन गरे। महतो अलि हतारमा थिए। 

फोन उठाउँदै महतोले रेशमलाई भने-कितना बकबक करोगे यार। आपका काम हो रहा है...। 

महतोले फोन राखे। लगत्तै पार्टी(जसपा)को संसदीय दलको बैठक थियो। 

त्यसपछि रेशमले फेरि महन्थ ठाकुरलाई फोन गरे। 

‘मेरो के भइरहेछ....?’ रेशमले सोधे। 

महन्थ एकछिन त मजाले हाँसे। 

अनि भने– चिन्ता मत करो। बातचित हो रहा हे...। हम लगे हुए हैँ...।

जेलभित्रै टेलिभिजनमा समाचार हेरिरहेका थिए रेशम चौधरी। देशको राजनीतिक कोर्ष यसरी बदलिदियो कि कसैले केही भेउ नै पाउन सकेनन्। 

 

प्रकाशित मिति: : 2021-03-12 21:38:00

प्रतिकृया दिनुहोस्