कोरोनाको महामारीले लामो समय ठप्प परेको नेपाली चलचित्र क्षेत्र विस्तारै जुर्मुराउन लागेको छ।
यहीबीच नेपाली चलचित्र ‘लप्पन छप्पन २’को ट्रेलर सार्वजनिक भएको छ। काठमाडौंमा पत्रकार सम्मेलन गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो।
मुकुन्द भट्टले निर्देशन गरेको ‘लप्पन छप्पन २’मा सौगात मल्ल, अर्पण थापा, अनुप विक्रम शाही, शिव श्रेष्ठ, गोविन्द शाही, प्रकाश कुँवर, दीपक क्षेत्री लगायतका कलाकारको मुख्य भूमिका रहेको छ।