'अफगानिस्थानबाट अमेरिकी सेना फिर्ता बोलाउने निर्णय भएको छैन '

File Photo
File Photo

अफगानिस्थानबाट अमेरिकी सेना फिर्ता बोलाउने वाइडेन प्रसाशनले कुनै निर्णय नगरेको विदेश मन्त्री टोनी ब्लिंकनले बताएका छन्।

गतवर्ष तालिबान र अमेरिकाबीच भएको सम्झौतामा आउँदो मे १ तारिखसम्म सेना फिर्ता गर्नुपर्ने सर्त भएको छ। संसदको बैदेशिक सम्बन्ध समितिको बैठकमा विदेश मन्त्री ब्लिंकनले अहिलेसम्म कुनै निर्णय नभएको स्पष्ट पारेका छन्। अफगानिस्तानको विषयमा के गर्न सकिन्छ भन्ने बिषयमा समिक्षा भइरहेको उनले बताए।

'अफगानिस्थानमा स्थायी शान्ति हालसम्म भएको छैन'- मन्त्री ब्लिंकन भने। अमेरिकाका लागि अफगानिस्थानका विशेष दुत जलमय खलीलजादले केही दिनअघि भारतीय विदेश मन्त्री एस जयशंकरसँग कुराकानी गरेका थिए। सोही क्रममा उनले अमेरिकी सेना छिटै नै अफगानिस्थान छाँड्ने बताएपछि अमेरिकाले यस सन्दर्भमा आफ्नो प्रतिक्रिया दिएको हो।

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले २०२० फेब्रअरीमा कतारको राजधानी दोहामा तालिबानसँग भएको सम्झौतामा २०२१ को मे १ तारिखसम्म सम्पूर्ण अमेरिकी सेना फिर्ता गर्ने सम्बन्मा हस्ताक्षर गरेका थिए।

अफगानिस्थानमा अहिलेसम्म २४ हजार भन्दा बढी अमेरिकी सेनाको ज्यान गइसकेको छ।
 

प्रकाशित मिति: : 2021-03-12 09:44:00

प्रतिकृया दिनुहोस्