'कर्णाली उत्सव'मा डोल्पाका साइकलयात्री भाष्करको एकल फोटो प्रदर्शनी (फोटो फिचर)

'कर्णाली उत्सव' सुर्खेतको प्रमुख पर्यटकीय स्थल बुलबुले उद्यानमा बुधबारबाट सुरु भएको छ।

उत्सवमा युवा साइकल यात्री एवम् गाइड रामचन्द्र बस्नेतद्वारा (भाष्कर) को एकल फोटो प्रदर्शनी पनि गरिएको छ।

कर्णाली प्रदेशका ओझेलमा परेको पर्यटकीय गन्तव्यलाई साइकलमा यात्रा गर्दै क्यामेरामा कैद गरेका सुन्दर तस्विरहरु प्रदर्शनीमा राखिएका छन्।

'कर्णाली उत्सव'को बुधवार उद्घाटन क्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री र पर्यटनमन्त्री नन्दसिँह वुढाले भाष्करको फोटो प्रदर्शनी अवलोकन गर्दै उनको खुलेर प्रसंसा गरेका थिए।

उत्सव हेर्न पुगेका सयौँ दर्शक भाष्करको फोटो अवलोकन गर्न झुम्मिएका थिए। भाष्करले कर्णालीका कुना कन्दराको दृश्य फोटोद्वारा पस्किन पाउदा निकै खुशी भएको सुनाए। 'मलाइ झन् हौसला र जोश–जाँगर बढेको छ,' उनले थपे।

उत्सवमा १५-२० वटा त्यस ठाउँका जीवनशैली, तालहरु (दूधकुण्ड, जगदुल्ला, राक्साल, टूलो पाल्ता) हिमश्रृङ्खला (काङछेन मेनरी राल्वा, टाङटुङ्गे) गाउँबस्ती, साइकल मार्गलगायत भू–दृश्यहरुका तस्बिरहरु समावेश गरिएका छन्।'

फोटो प्रदर्शनीको मुख्य उद्देश्य साइकलमार्फत् कर्णालीका ओझेलमा परेका पर्यटकीय गन्तव्यलाई साइकलमा चढेर प्रकृति नियाल्दै क्यामेरामार्फत् नेपाललाई चिनाउने हो,' निकै हर्षित हुँदै भाष्करले विएल नेपाली सेवालाई बताए।

दूर्गम जिल्ला डोल्पा, जगदुल्ला गाउँपालिका-६ मा जन्मेका २३ वर्षे युवक–साइकले भाष्कर साइकल यात्री तथा ट्रेकिङ गाइड हुन्। कोरोना महामारीबीच लकडाउन भरी उनले नुवाकोट-रसुवामा पर्ने फिकुरी ट्रेक, डोल्पालगायत अन्य भूभागमा साइकल दौडाएर महिनौ दिन बिताएका थिए।

लुकेका र ओझेलमा परेका हिमाल, पहाड, तराईका विभिन्न भूभाग तथा विभिन्न पदमार्ग साइकलमै चढेर अवलोकन तथा अध्ययन गर्ने उनको रुचि हो। उनले साइकल यात्रा गर्ने क्रममा खिचिएका फोटो र भिडियोद्वारा नेपालको पर्यटन प्रवर्द्धन गरिरहेका छन्।

उनी साइकलमा कुना कन्दरा चाहर्छन् र फोटोग्राफीका पनि उत्तिकै शौखिन छन्। साइकल चढेर खिचिएका फोटोद्वारा नेपालको पर्यटन प्रबर्द्धनमा नि:स्वार्थ रुपमा खटिरहेका छन्।

उनले फोटो प्रदर्शनीमा सहयोग गर्ने पन्च वाइकका तिरेक मानन्धर र विजयरत्न शाक्य, डोल्पाली पर्यटनकर्मी जितेन्द्र झाँक्री मगर र जगबहादुर बुढा मगर, नुवाकोटका तामाङ सिस्टर ग्रुप, जगदुल्ला गाउँपालिकाका पूर्ण शाही र पाण्डव रोकाया तथा कर्णाली उत्सव टिमलाई धन्यवाद दिएका छन्। 

त्यस्तै जगदुल्ला गाउँपालिकाका अध्यक्ष नार सिंह रोकाया र प्रमुख प्रशासकिय अधिकृत केशब राज पाण्डेले हौसला दिदै सहयोग गर्ने प्रतिबद्धता गरेकोमा उनले स्थानिय सरकार प्रती ठुलो सहयोगको अपेक्षा समेत राखेको व्यक्त गरेका छन।

साथसाथै अन्य सहयोगी मनहरु जसले थप हौसला दिन सम्पर्क गरेर आर्थिक तथा भावनात्मक सहयोग गर्ने सम्पूर्णलाई आभार व्यक्त गरेका छन्। केही दिन चल्ने 'कर्णाली उत्सव' मा सहभागी भई उनको एकल फोटो प्रदर्शनी अवलोकन गरिदिनहुन समेत सबैलाइ आग्रह गरेका छन्।

आयोजक ऋतिक फाउण्डेसनले दिएको जानकारीअनुसार, कर्णालीलाई चिन्ने र चिनाउने उद्देश्यले कर्णाली उत्सव गरिएको आयोजक जानकारी गराएको हो। उत्सवमा कर्णालीको कला, संस्कृति, भाषा र इतिहासबारे चर्चा र बहस गरिने छ।

उत्सव अवधिभर कर्णाली प्रदेशको राजनीतिक, आर्थिक, सामाजिक, कला, साहित्य, दर्शन लगायतका विभिन्न विधामा विमर्श र बहस गरिने छ। त्यसको साथै लेखक, साहित्यकार, बौद्धिक वर्गबीच जमघटसँगै बहस गराउने योजना उत्सव आयोजना गरिएको फाउण्डेशनका अध्यक्ष रेशम बिष्टले जानकारी गराएका छन।

उत्सवमा साइकल र्या।ली र देउडा खेलबाट कार्यक्रम उद्घाटन भएसँगै यो प्रदेशमा बसोवास गर्ने भोटे र लामाका हिमाली संस्कृति, खस-आर्य, उपत्यकाका थारु तथा फिरन्ते जीवनशैलीका राउटे समुदायको भाषा, संस्कृति, रहनसहनलगायतका विविध विषयमा विचारविमर्श मन्थन हुनेछ।

कार्यक्रममा थारु, भोटे, मयुर र हुड्के नाच लगायकका सांस्कृतिक कार्यक्रम सञ्चालन हुनेछ। उत्सवको उद्घाटन गर्दै कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाहीले गरेका हुन। मख्य मन्त्री शाहिले कार्यक्रम सफलताको लागी शुभकामना दिए । उत्सव २६ गतेदेखि २९ सम्म विभिन्न सत्रहरु सञ्चालन हुनेछ।

प्रकाशित मिति: : 2021-03-11 13:21:00

प्रतिकृया दिनुहोस्