शिवरात्रि विशेष : योगलाई आसनको रूपमा मात्र नबुझौं

लोकान्तर

काठमाडाैं
डा. रवीन्द्र पाण्डे

गश्चितवृत्तिनिरोध अर्थात् योगले चित्तवृत्तिको निरोध गर्दछ । चित्तको वृत्तिलाई वास्तविक निरोध गर्नु नै योग हो ।

महर्षि पतञ्जलीका अनुसार हाम्रो अस्थिर मनलाई स्थिर बनाउनु नै योग हो । हाम्रो मनमा अनेक प्रकारका राम्रा नराम्रा वृत्ति उत्पन्न गर्दछ ।

योगले मानिसमा आफूभित्र रहेको रोगलाई निरोध गर्न सक्छ । योगले अज्ञानताबाट ज्ञानतर्फ, जडबाट चेतनातर्फ, निर्बलताबाट सबलतातर्फ, जीवनबाट ब्रह्मतर्फ, प्रत्यक्षबाट परोक्षतर्फ एवं सीमितबाट असीमिततर्फको आध्यात्मिक यात्रामा पुर्‍याउँछ ।

योगको वास्तविक अर्थ हो जोड्नु, मिल्नु वा एकाकार हुनु हो ।

यहाँ पुनः अर्को शब्दमा जीवात्मा र परमात्माको एकाकारको अवस्था नै योग हो भनेका छन् ।

हामीले योगको वास्तविक सिद्धान्तभन्दा टाढा रहेर आसनलाई नै योग ठानेका छौं । योगका ८ वटा खुड्किला छन् । यी आठ अंगलाई क्रमशः आत्मसात गर्‍यौं भने योगको यात्रामा हामी सही अर्थमा लाग्नेछौं । मनमा अपवित्र भाव तथा तृष्णा बोकेर हातखुट्टाको अभ्यास गर्नु योग हैन । त्यो शारीरिक अभ्यास मात्र हो । योगबाट सिद्धि प्राप्तिका लागि तलका सिंढीहरू उत्तरोत्तर चढ्नुपर्ने हुन्छ । यी आठ प्रकारका सिंढी यसप्रकार छन् ।

प्रकाशित मिति: : 2021-03-11 11:04:00

प्रतिकृया दिनुहोस्