स्टार्टअप बेरकाडाको 'विशाल सेक्युरिटी' क्यामरा ह्याक

File Photo
File Photo

चीनका ह्याकरहरुले क्यालिफोर्नियाको सिलिकन भ्याली स्थित स्टार्टअप बेरकाडाको विशाल सेक्युरिटी क्यामराको डाटा ह्याक गरेका छन्।

उक्त ह्याकिंगबाट विश्वका विभिन्न ठुला अस्पताल, विभिन्न कम्पनी, प्रहरी विभाग र विद्यालयहरुमा जडान गरिएको १ लाख ५० हजार भन्दा बढि क्यामराको 'लाइभ फिड'मा समस्या उत्पन्न भएको छ। प्रसिद्ध कम्पनिहरु टेस्ला र क्‍लाउड फ्लेयरको क्यामेराहरु पनि ह्याकिंगमा परेका छन्।  

विभिन्न महिला अस्पतालहरुको क्यामरापनि ह्याक भएको छ। जसबाट महिलाहरुको निर्वस्त्र तस्बिर दुरुपयोग हुनेसक्ने खतरा बढेको छ।

ह्याकरहरुले निम्त्याउन सक्ने खतराको लागि आवश्यक तयारी गरेको बेरकाडा ले जनाएको छ। तर चीनका ह्याकरहरुले भने सुरक्षा व्यवस्था फितलो रहेको प्रमाणित गर्न मात्र डाटा ह्याक गरेको बताएका छन्। 

प्रकाशित मिति: : 2021-03-11 09:05:00

प्रतिकृया दिनुहोस्