लुम्बिनी प्रदेशका प्रमुख धर्मनाथ यादवले जनताको सबैभन्दा नजिक रहेका स्थानीय सरकारको वित्तीय क्षमतामा उल्लेख्य सुधार ल्याउन सकेमात्रै अपेक्षित परिणाम हासिल हुने बताएका छन्।
प्रमुख यादवले दीर्घकालीन महत्वका पूर्वाधारमा गरिने लगानीका लागि ऋण परिचालन नै एकमात्र उपाय भएकाले त्यसका लागि हरेक स्थानीय तहले आफ्नो प्राविधिक र वित्तीय क्षमतामा सुधार ल्याउन जरुरी रहेको धारणा राखे।
नगरपालिका वित्त तथा क्षमता विकास कार्यक्रमअन्तर्गत नगर विकास कोषले रुपन्देहीको मणिग्राममा आज आयोजना गरेको प्रादेशिक कार्यशालामा उनले सामाजिक पूर्वाधारमा गरिने लगानी र दिगोपनासहित भौतिक पूर्वाधारमा गरिने लगानीलाई फरकफरक दृष्टिकोण राखेर व्यवस्थापन गर्नुपर्ने बताए।
उनले स्रोतको उच्चतम सदुपयोग गर्न र त्यसबाट प्राप्त लाभलाई सर्वसाधारण जनताको जीवनस्तरमा परिवर्तन ल्याउने गरी तल्लो तहसम्म पु¥याउन सफल हुनुपर्नेमा जोड दिए।