जसपामा महन्थ हावी, २४ सांसदले ठाकुरलाई सघाएपछि उपेन्द्र–बाबुराम कमजोर !

लोकान्तर

काठमाडाैं

अजय अनुरागी

जनता समाजवादी पार्टी (जसपा) कार्यकारिणी समितिका अध्यक्ष महन्थ ठाकुर फेरि शक्तिशाली बनेका छन् ।

साविकका समाजवादी पार्टी नेपाल र राजपा नेपालबीच एकीकरण भएर बनेको जसपामा विगतमा उपेन्द्र यादव बलियो देखिएका भए पनि विकसित राजनीतिमा ठाकुर शक्तिशाली मात्र बनेका छैनन्, सत्ता समीकरणका लागि ‘गेम चेन्जर’को भूमिकामा देखिएका छन् ।

साविकमा राजपा नेपाल र सपाको औपचारिक बैठक बस्दै आए पनि फागुन २५ गते जसपाको पहिलो औपचारिक संसदीय दलको बैठक डाकिएको थियो । त्यसअघि सोमवार उपेन्द्र यादवले अनौपचारिक रूपमा सपाको संसदीय दलको बैठक बोलाएका थिए भने राजपाले पनि मंगलवार संयुक्त बैठक बस्नुअघि साविकको राजपाको संसदीय दलमा बैठक बोलाएको थियो ।

मंगलवार १ बजे सिंहदरबारस्थित साविकको सपाको संसदीय दलको कार्यालयमा ठाकुरकै अध्यक्षतामा बैठक बस्यो । प्रतिनिधिसभा तथा राष्ट्रियसभा दुवैका सांसदलाई बोलाइएको दलको बैठकको अध्यक्षता भने ज्येष्ठ सदस्यका हैसियतमा ठाकुरले गरेका थिए ।

प्रकाशित मिति: : 2021-03-10 11:12:00

प्रतिकृया दिनुहोस्