सम्झौता अघिनै सकियो खानोपानीको काम

File photo
File photo

भरतपुर महानगरपालिका–१२ मा धनगढा सहलगानी खानेपानी आयोजनाको काम निर्माण अवधिभन्दा दुई महिना अगाडि नै सकिएको छ।

सो आयोजनाको मङ्गलबार भरतपुर महानगर प्रमुख रेनु दाहालले उद्घाटन गरिन्।  नेपाल सरकार भरतपुर खानेपानी व्यवस्थापन बोर्ड, सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, भरतपुर महानगर र उपभोक्ताको समेतको संयुक्त लगानीमा निर्मित खानेपानी आयोजनाको निर्माणको जिम्मा शर्मा सगरमाथा भीमेश्वर जेभीले लिएको थियो।

दुई हजार ११९ घरधुरीका १४ हजार ५६३ जनालाई स्वच्छ खानेपानी प्रदान गर्ने उद्देश्यले खानेपानी आयोजना निर्माण थालिएको भरतपुर खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक प्रजापति दाहालले बताए।

यस आयोजना निर्माणका लागि रु २१ करोड ७७ लाख लागत अनुमान भएकामा निर्माण व्यवसायीले रु १२ करोड ७७ लाखमा ठेक्का लिएर काम  शुरु गरी तोकिएको अवधिभन्दा दुई महिना अगाडि नै काम सकेको उनले बताए। रासस

प्रकाशित मिति: : 2021-03-10 07:57:00

प्रतिकृया दिनुहोस्