कृषकहरुलाई नयाँ प्रविधिबाट आलुखेती गर्न सिकाईदै

File photo
File photo

बाजुरामा पछिल्लो समय कृषकहरुलाई  नयाँ प्रविधिबाट आलुखेती गर्न सिकाउन थालिएको छ।

कृषि ज्ञान केन्द्र बाजुराले विभिन्न ठाउँका कृषकहरुलाई आलु खेती गर्न नयाँ र आधुनिक प्रविधी सिकाउदै आएको हो। 

परम्परागत रूपमा आलु खेती गर्दै आएका खप्तड छेडेदहका २२५ जना अगुवा कृषकलाई आलुखेतीमा थप टेवा पुग्ने गरी नयाँ प्रविधिबाट आलुखेती गर्न सीप सिकाउँदै आएको कृषि ज्ञान केन्द्र बाजुराका सूचना अधिकारी मीनप्रसाद जैसीले बताए। 

प्रकाशित मिति: : 2021-03-10 06:22:00

प्रतिकृया दिनुहोस्