नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा मिश्र र ढुङ्गाना नियुक्त

File photo
File photo

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा बमबहादुर मिश्र र निलम ढुङ्गाना नियुक्त भएका छन्।  

प्रधानमन्त्री निवास बालुवाटारमा हिजो साँझ (मंगलबार) बसेको मन्त्रिपरिषद्को बैठकले केन्द्रीय बैंकको रिक्त डेपुटी गभर्नरमा मिश्र र ढुङ्गानालाई नियुक्त गर्ने निर्णय गरेको हो। 

यही फागुन १८ गतेदेखि तत्कालीन डेपुटी गभर्नरद्वय चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठको पदावधि सकिएपछि सो पद खाली थियो।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको सिफारिसमा उनीहरुलाई नियुक्त गरिएको हो।

प्रकाशित मिति: : 2021-03-10 05:47:00

प्रतिकृया दिनुहोस्