नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थायी समिति बैठक बोलाएका छन्।
सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई पूर्ववत् अवस्थामा फर्काएपछि प्रचण्डले पहिलोपटक माओवादी केन्द्रको कमिटी बैठक बोलाएका हुन्।
उक्त बैठक माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा बस्नेछ।