प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।
आज दिउँसो ४ बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए।
सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्यूँताइदिएपछि पहिलो पटक मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो।