अब एमालेभित्र फेरि ओली–नेपाल टक्कर : यस्तो छ, केन्द्रीय सदस्यको अंकगणित

मणि दाहाल

काठमाडाैं

नेकपा नामबारे सर्वोच्च अदालतको फैसलापछि नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँतिएका छन्।

ऋषि कट्टेलको नेकपालाई वैधानिकता दिँदै अदालतले सत्तारूढ नेकपाको दर्ता बदर गरेपछि माधवकुमार नेपाल र झलनाथ खनालसहित पूर्वएमाले नेताको समूह पुरानै पार्टीमा फर्किने निष्कर्षमा पुगेको छ।

योसँगै एमालेभित्र गुटको अंकगणितबारे चर्चा सुरु भएको छ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्र २०७५ जेठ ३ गते एकीकृत हुँदै नेपाल कम्युनिस्ट पार्टी (ने क पा) बनेको थियो। जसमा २ सय ४१ केन्द्रीय सदस्य थिए। तर ३ सदस्यको निधन भइसकेको छ। तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारी, रामनाथ ढकाल, महिम लिम्बु र दिनेशकुमार यादवको निधन भएको हो।

महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी सदस्य विद्यादेवी भण्डारी राष्ट्रपति भएकी छन् भने गणेश तिमल्सिना राष्ट्रिय सभाका उपाध्यक्ष।

यसैगरी सानुकुमार श्रेष्ठ बागमती प्रदेशका सभामुख भएका छन्। निर्वाचन आयोगका अध्यक्ष रहेका सोमनाथ अधिकारी ‘प्यासी’ र धर्मनाथ यादव प्रदेश प्रमुख बनेका छन्।

प्रकाशित मिति: : 2021-03-09 08:28:00

प्रतिकृया दिनुहोस्