आईपीओमा १० कित्ता सेयरमा आवेदन दिन पाउने प्रावधान हटाईदै

File photo
File photo

पछिल्लो समय नेपालमा आईपीओको लहर चलिरहेको छ। त्यो लहरलाई नियन्त्रण गर्न सरकारले आईपीओमा १० कित्ता सेयरमा आवेदन दिन पाउने प्रावधान हटाउन गृहकार्य शुरु गरेको छ। 

१० कित्ताको प्रावधान दीर्घकालका लागि नभएको भन्दै नेपाल धितोपत्र बोर्डले यो तयारी थालेको हो। २०७५ चैत २७ गतेदेखि लागु गरिएको न्युनतम १० कित्ताका लागि आवेदन दिन पाउने व्यवस्था हटाउन बोर्डले छलफल गरिरहेको छ। 

बजार विस्तारमा १० कित्ताको प्रावधानले ठुलो मदत गरेको बोर्डको स्वीकारोक्ती छ। तर त्यही १० कित्ता पाउन पनि अहिले भाग्यकै भर पर्ने अवस्था छ।
 

प्रकाशित मिति: : 2021-03-09 06:07:00

प्रतिकृया दिनुहोस्