आर्थिक समानताबिना सामाजिक तथा सांस्कृतिक विभेदको अन्त्य नहुने राष्ट्रपतिको जिकिर

File photo
File photo

राष्ट्रपति विद्यादेवी भण्डारीले सभ्य र लैङ्गिक समानतायुक्त समाज निर्माणका लागि विशेष पहलका साथ अग्रसर रहन समाजका सबै पक्षको ध्यानाकषर्ण गराएकीछन्। 
    
१११ औँ अन्तरराष्ट्रिय महिला दिवसका अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा आज यहाँ आयोजित समारोहको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले आर्थिक समानताबिना सामाजिक तथा सांस्कृतिक विभेदको अन्त्य हुन नसक्ने र त्यसका लागि संविधानले मार्गदर्शन गरेको न्याय र समानतामा आधारित समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्नुपर्ने आवश्यकता औँल्याइन्। 
        
राष्ट्रपति भण्डारीले त्यसका लागि राज्यका कार्यान्वयन गर्ने निकाय सकारात्मकरुपमा थप क्रियाशील बनाउनुपर्ने आवश्यकता महसुस भएको बताइन्। लैङ्गिक समानताका लागि हालसम्मका प्रयासले महिलाको राजनीतिक तथा प्रशासनिक प्रतिनिधित्व उल्लेखनीयरुपमा बढिरहेको र शिक्षा, स्वास्थ्य, सम्पत्तिमाथिको स्वामित्व तथा श्रम सहभागितामा सकारात्मक परिवर्तन भएको उनको भनाइ छ।  
    

प्रकाशित मिति: : 2021-03-08 18:23:00

प्रतिकृया दिनुहोस्