सन्दर्भ नारी दिवस : महिलामाथि विभेद कायमै, रोजगारीका नाममा बढ्दो मानव तस्करी

शिलापत्र

काठमाडौं

विश्वभर आज १११ औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदै छ। नेपालले पनि विभिन्न कार्यक्रम गरेर यो दिवस मनाउने गरेको छ। ‘महिलाको सुरक्षा, सम्मान र रोजगार, समृद्ध नेपालको अधिकार’ भन्ने नाराका साथ यो वर्ष महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले अन्तर्राष्ट्रिय नारी दिवस मनाउँदै छ।

न्यूयोर्कमा सन् १९०७ को मार्च ८ का दिन महिलालाई उचित ज्याला र १० घन्टा कामको माग गर्दै संघर्ष सुरु भएको थियो। सन् १९०८ मार्च ८ कै दिन श्रमिक महिलाले मताधिकार पाउनुपर्ने माग समेत राखेका थिए।

सोही दिनको सम्झनामा सन् १९१० देखि अन्तर्राष्ट्रिय नारी दिवस मनाउन थालिएको हो। न्यूयोर्कमा भएको संघर्षलाई स्मरण गर्दै हरेक वर्ष अन्तर्राष्ट्रिय नारी दिवस मनाउने गरिएको छ। नेपालमा भने अन्तर्राष्ट्रिय नारी दिवस १९७५ देखि मनाउन थालिएको हो।

विभिन्न नारीवादी संस्था र राजनीतिक दलले अन्तर्राष्ट्रिय नारी दिवस मनाउन थालेपछि सरकारले मनाउन थालेको थियो। सन् १९१० को मार्च ८ मा कोपनहेगनमा विभिन्न १७ देशका १ सय जना महिला अधिकारवादीको अन्तर्राष्ट्रिय सम्मेलनले हरेक वर्षको ८ मार्चलाई अधिकार आन्दोलन दिवसका रुपमा मनाउने निर्णय गरेसँगै नेपाल सरकारले यो दिवस मनाउने घोषण गरेको थियो।

महिलामाथि रोजगारी र ज्यालामा विभेद 

प्रकाशित मिति: : 2021-03-08 10:26:00

प्रतिकृया दिनुहोस्