नेकपाको नाम विवादमा सर्वोच्चले सुनाएको फैसलाले राजनीतिक अन्योलता सिर्जना गरिदिएको छ।
खासगरी फैसलामा उल्लेख एमाले र माओवादी केन्द्र अलगअलग राजनीतिक दलको रुपमा साविककै अवस्थामा कायम रहने कुराले केही जटिल प्रश्नहरु उब्जाएका छन्।
आइतबार आएको फैसलाको विषयमा राजनीतिक दल र तिनका नेता तथा कानुनविद्हरुको समेत मतैक्य हुनसकेको छैन। आ-आफ्नो व्याख्या र विश्लेषण सार्वजनिक भएका छन्। कतिपयले त फैसला कार्यान्वयन नै हुन नसक्ने समेत बताएका छन्।