स्वीट्जरल्यान्ड जनमत सङ्ग्रहः बुर्का तथा निकाब पहिरनमा प्रतिबन्ध

बिएल संवाददाता

स्वीट्जरल्यान्ड
Photo : BBC
Photo : BBC

स्वीट्जल्यान्डमा मुस्लिम महिलाहरूले लगाउने बुर्का तथा निकाब पहिरनमा प्रतिबन्ध लगाउने प्रस्तावलाई आधाभन्दा बढि मानिसहरुले समर्थन जनाएका छन्। 

दक्षिणपन्थी स्वीस पिपल्स पार्टीले अघि सारेको उक्त प्रस्तावमाथि  ५१.२५ प्रतिशत मानिसले समर्थनम जनाएका छन् भने ४८.८५ प्रतिशत मानिसहरु विपक्षमा उत्रिएका छन्। 

अब उक्त प्रतिबन्ध स्वीस संविधानमै उल्लेख हुनेछ।  इस्लामिक समुहले भने उक्त प्रतिबन्धको विरोध जनाएका छन्। एक अग्रणी स्वीस इस्लामिक समूहले यसलाई मुस्लिमहरुको निम्ति अध्यारो दिन भएको बताएका छन्। 

प्रकाशित मिति: : 2021-03-08 07:23:00

प्रतिकृया दिनुहोस्